अपहरणको धम्की दिएर २० लाख फिरौती बुझ्दै गर्दा पक्राउ

काठमाण्डु टुडे २०८० कार्तिक १४ गते १८:४५ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– क्लिनिक सञ्चालकलाई अपहरण र हत्याको धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् ।

चितवन प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल भरतपुर महानगरपालिका–९ बस्ने ५५ वर्षीय रामचन्द्र थापालाई अपहरण र फिरौती मागेको आरोपमा पक्राउ गरेको हो ।

थापा गणतन्त्र दिवसका अवसरमा गत १५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर जेलमुक्त भएका थिए । चितवन जिल्ला अदालतले ५ वर्षअघि उनलाई ९ वर्षको कैद सजाय तोकेको थियो । तर, राष्ट्रपतिबाट आममाफी पाएर छुटेको पाँच महिनामै अपहरण र फिरौती मागेको आरोपमा फेरि पक्राउ परेका छन् ।

उनले भरतपुर महानगरपालिका–१ स्थित धनवन्तरी क्लिनिकका सञ्चालक सोमराज सुवेदी र उनका नाबालक छोराको अपहरण र हत्याको धम्की दिएर २५ लाख रुपैयाँ फिरौती मागेका थिए । चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले गत ८ कात्तिकमा सुवेदीलाई टेलिफोन गरी हिन्दी भाषामा धम्की दिएका थिए ।

सोमबार साँझ प्रहरीसँगको सल्लाहमा सुवेदी २० लाख रुपैयाँ लिएर थापाले बोलाएको स्थान भरतपुर अस्पतालको गेटमा गएका थिए । प्रहरीले उनलाई त्यहींबाट पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us