सिनामंगलमा सुन लुटपाट, तीन जना पक्राउ

काठमाण्डु टुडे २०८० कार्तिक १४ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– प्रहरीले दुबईबाट ल्याइएको अवैध तस्करीको सुन लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ३० वर्षीय मनोज थापा, ३२ वर्षीय अर्जुन थापा र ३० वर्षीय शेखर भट्टराईलाई मंगलबार राजधानीको सिनामंगलबाट पक्राउ गरेको हो ।

उनीहरुले नजिर अन्सारीको साथबाट सुनका गहना र नगद लुटपाट गरेका थिए । सुन आइतबार लुटिएको थियो ।

सुन लेटिएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले लुटेर पक्राउ गरेको हो । सुन लुट्न प्रयोग भएको बा२ज २१८० नम्बरको ट्याक्सी पनि बरामद गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us