मानव तस्करीमा संलग्न रहेको आरोपमा प्रहरी नै पक्राउ

काठमाण्डु टुडे २०८० कार्तिक १३ गते १६:०३ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङ पक्राउ परेका हुन् ।

उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार पक्राउ गरेको हो ।

तामाङमाथि मानव तस्कर गिरोहसँगको मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा खाडी मुलुक पठाउने गरिएको अनुसन्धानले देखाएको छ ।

तामाङ तीन वर्षदेखि विमानस्थलमा कार्यकरत थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us