इजरायलको आक्रमणमा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु

काठमाण्डु टुडे २०८० कार्तिक १३ गते ९:०९ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– इजरायलको आक्रमणमा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु भएको छ ।

गत ७ अक्टोबरयता गाजामा कम्तीमा ८ हजार ५ सय प्यालेस्टिनी मारिएको अलजजिराले जनाएको छ । यस्तै हमास आक्रमणमा परी इजरायलमा १ हजार ४ सय बढीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायल–हमास युद्धबाट गाजामा बालबालिका अत्याधिक चपेटामा परेका छन् ।

यसैबीच इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ ।

अस्पतालमा समेत इजरायलले आक्रमण गरेपछि विश्व समुदायले आलोचना गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us