
दैलेख, ११ कात्तिक–दैलेखमा भएको झडपमा युवकको मृत्यु भएको प्रकरण छानबिनका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्लाको भैरवी गाउँपालिका–४ सिलंगीमा बिहीबार झडप भएको थियो । झडपमा सुर्खेत वीरेन्द्रनगर–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको थियो ।
दैलेख प्रहरी प्रमुख डिएसपी किशोर लम्सालका अनुसार पक्राउ पर्नेमा भैरवी–४ का झपिन शाही, धर्मराज अधिकारी र मनिषा रिजाल छन् ।
घटनामा गम्भीर घाइते भएका क्षेत्रीको शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।
यसैबीच मृतक परिवारले पक्राउ परेकाहरुबिरुद्ध कर्तव्य ज्यान मुद्धामा जोहेरी दिएका छन् ।