बेथा लागेका बेला भूकम्प आएपछि अस्पतालबाहिरै सुत्केरी गराइयो

काठमाण्डु टुडे २०८० असोज १६ गते १७:०१ मा प्रकाशित

बझाङ, १६ असोज– मंगलबार दिउँसो दुईपटकसम्म बझाङ केन्द्र भएर भूकम्प गएपछि अस्पताल भवन बाहिरै सुत्केरी गराइएको छ ।

भूकम्प गएका बेला बेथा लागेर अस्पताल आएकी एक महिलालाई अस्पताल सुत्केरी गराइएको हो । तिलकोट केन्द्रविन्दु बनाएर २ बजेर ४० मिनटेमा ५.३ र ३ बजेर ७ मिनेटमा सदरमुकाम चैनपुर केन्द्रविन्दु भएर ६.३ रेक्टरको भूकम्प गएको थियो ।

भूकम्पबाट सदरमुकामका केही पक्की घरसमेत भत्किएको बझाङ प्रहरी प्रमुख डिएसपी भरत शाहले बताए । उनका अनुसार जिल्लाका विभिन्न स्थानमा भूकम्पका कारण घर तथा विद्यालय भवनमा क्षति पुगेको सूचनाहरु आइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us