
काठमाण्डु, ११ असोज– नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई) की पत्नीले श्रीमानको पेस्तोलबाट आफैंलाई गोली हानेकी छन् ।
गोली प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनको अवस्था गम्भीर रहेको काठमाण्डु प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए ।
ती महिलाको नाम लक्ष्मी चौधरी र उनका श्रीमान असई लक्ष्मण चौधरी भएको बताइएको छ । लक्ष्मण घरमा नभएका बेला लक्ष्मीले श्रीमानको पेस्तोलबाट गोली हानेको दाबी प्रहरीको छ ।
असई चौधरी राप्रपा सांसदसमेत हरेका पूर्वप्रहरी महानिरीक्षक समेत ध्रुवबहादुर प्रधानको निजी सुरक्षागार्ड (पिएसओ) का रुपमा कार्यरत थिए ।
घटनाबारे अनुसन्धान भइरहेको काठमाण्डु परिसरले जनाएको छ । असई चौधरी एक पूर्वप्रहरी महानिरीक्षकको निजी सुरक्षागार्ड (पिएसओ) का रुपमा कार्यरत थिए ।