
काठमाण्डु, ९ असोज– माओवादी केन्द्रका नेताहरुलाई चढाउन मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउन लागेका चिकित्सकहरुको टोलीलाई जहाजबाट बाहिर निकालिएको छ ।
माओवादी उपमहासचिव मात्रिका यादवसहितका नेता चढाउन चिकित्कसको १६ जनाको टोलीलाई रोकिएको हो । उनीहरु समिट एयरको जहाजबाट नेपालगञ्ज आउँदै थिए ।
‘भीआईपी’ लाई लानुपर्ने भएकाले १६ मध्ये ५ जनालाई छाड्नुपर्ने अवस्था आएको समिट एयर व्यवस्थापनले खबर गरेको थियो । त्यसपछि रिसाएका चिकित्सकहरु कोही पनि जहाज चड्न मानेनन् ।
चिकित्सक टोली आउन नमानेपछि माओवादी नेताहरु यादव कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीलाई लिएर जहाज नेपालगञ्ज उडेको छ ।
डाक्टरहरुको समूह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आयोजित मेरूदण्डसम्बन्धी गोष्ठीमा सहभागी हुन जुम्ला गएको थियो ।