घरको छतबाट खसेर २२ महिने बालकको मृत्यु

काठमाण्डु टुडे २०८० असोज ८ गते २२:३३ मा प्रकाशित

तनहुँ, असोजतनहुँको व्यास नगरपालिका१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको

मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा सोमबार पोखरामा मृत्यु भएको हो।

उनलाई तत्कालै दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात पोखरा पठाइएको थियो। प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणकाअनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us