काठमाण्डु, ८ असोज– एमाले अध्यक्ष केपी ओलीले भरपर्दो विकल्प तयार नहुँदासम्म राजधानीको फुटपाथमा व्यवसाय गर्न दिनुपर्ने बताएका छन् ।
एमाले बागमती प्रदेश अधिवेशनको सोमबार भृकुटीमण्डपमा उदघटन गर्दै ओलीले गरिबका सामान फालेर फुटपाथको समस्या समाधान नहुने बताए ।
ओलीले विकल्प नदिई नगरप्रहरी लगाएर फुटपाथ व्यवसायीमाथि ज्यादती गरिएको ओलीको भनाइ थियो । ‘मान्छेहरू गाडीबाट ओर्ले जसरी नगरप्रहरी उत्रिँदैन। प्रहरी ओर्लिए जसरी नगरप्रहरी ओर्लिँदैन। गड्याङगुडु हामफाल्छ । सिठी फुक्न सुरू गर्छ । कहाँ कुदेको हो, गुटुटु कुद्छ। आतंक मच्चिन्छ। आयोआयो के आयो हुन्छ । कुदेपछि रिस उठेको बच्चाले जसरी सामान फाल्न थाल्छ,’ ओलीले भने ।
काठमाण्डु महानगरका मेयर बोन्द्र साहतर्फ लक्षित गर्दै ओलीले गरिबले बल्लतल्ल जोडेका सामान फालेर समस्या समाधान गर्छु भन्ने नसोच्न आग्रह गरे ।
बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म फुटपाथमा व्यापार गर्न दिनुपर्ने उनको भनाइ थियो ।
काठमाण्डु महानगरपालिका कार्यालय अगाडि उभिएर ईसहित उनका साथीहरुले गरिरहेको आन्दोलनबारे आफू जानकार रहेको उल्लेख गरे ।