
सुनसरी, ४ असोज–सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्रभगत दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
उनले २३ वर्षीया श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका थिए । माइतीको उजुरीकाआधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।
भगतले २१ महिनाअघि चौधरीसँग विवाह गरेका थिए । भगतलाई विवाहमा ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एउटामोटरसाइकल दाइजो दिएको चौधरीको माइती पक्षले जनाए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको मृतकका भाईराकेशले बताए । उनीहरूको ११ महिनाको छोरासमेत छन् ।