
काठमाण्डु, ३१ भदौ– काठमाण्डुको तीनकुनेस्थित सः मिलमा भएको सामूहिक हत्या काण्डका दोषी पक्राउ परेका छन् ।
सिसीटिभी फुटेजको सहयोगमा प्रहरीले उनलाई आइतबार लोकन्थलीबाट पक्राउ गरेको हो । तर, उनीबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।
शुक्रबार राति भएको उक्त विभत्स घटनामा सः मिलका सुरक्षा गार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया शुभद्रा भुजेल तथा मोरङ बेलबारीका नवीन राईको ज्यान गएको थियो ।
पक्राउ गरेका युवकले आफू नवीनको मात्र हत्या गर्ने उद्देश्यले गए पनि घटनाबारे थाहा पाउने डरले भुजेल परिवारको पनि हत्या गरेको बयान दिएका छन् ।