भक्तपुरको सुधार गृहबाट सय बढी बालबालिका फरार

काठमाण्डु टुडे २०८० भदौ ४ गते १६:४९ मा प्रकाशित

भक्तपुर, ४ भदौ– भक्तपुरको सानो ठिमीस्थित युसेफको बाल सुधार केन्द्रबाट एक सय बालबालिका भागेका छन् ।
बाल सुधारगृहको ढोका फोरेर सोमबार दिउँसो उनीहरु भागेको प्रहरीले जनाएको छ ।
विभिन्न अपराधमा संलग्न १८ वर्ष मुनिका किशोर किशोरीलाई उक्त सुधार केन्द्रमा राख्ने गरिएको छ । सुधार गृहमा करिब तीन सय किशोर किशोरी थिए ।

भक्तपुर प्रहरी परिसरका डीएसपी वसन्त पाठकले यकन संख्या थाहा नभए पनि सय बढी भागेको अनुमान गरिएको जनाए । भागेकामध्ये केहीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । बॅाकीको खोजतलास जारी रहेको पोठकले बतए ।

आइतबार सुधार गृहमा रहेका किशोर कमल बस्नेतको मृत्यु भएपछि उनका आफन्तले प्रदर्शन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us