भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको रुलिङ

काठमाण्डु टुडे २०८२ वैशाख २६ गते १५:३९ मा प्रकाशित

काठमाण्डू, २६ वैशाख– आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्नरगराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us