
एजेन्सी– भारत बिहारमा एक पत्रकारको शुक्रबार गोली हानी हत्या भएको छ ।
बिहार अररिया जिल्लामा दैनिक जागरण नाकको पत्रिकाका संवाददाता विमलकुमार यादवको गोली हानी हत्या गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
चार जनाको समूहमा आएका अपरिचतले विमललाई घरमै गोली हानेर भागेको समाचारमा उल्लेख छ । गोली हान्नुअघि सो समूहले ठूलो आजावमा हल्ला गरेको थियो ।
घरबाहिर हल्लाखल्ला भएको सुनेर बाहिर निस्किएका विमलमाथि गोली प्रहार भएको प्रहरीले बताएको छ । विमलका भाइको चार वर्षअघि गोली हानी हत्या भएको थियो ।
उक्त हत्याका एक मात्र जिवित साक्षी विमलको पनि भत्यो भयो । उनलाई भाइको हत्यासम्बन्धी घटनामा बयान फेर्न पटकपटक दबाब आउने गरेको समाचारमा उल्लेख छ ।