
एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सामाजिक सञ्जालबाट धम्की दिने एक व्यक्ति मारिएका छन् ।
अमेरिकी गुप्तचर निकाय एफबीआई टोलीले ती व्यक्तिको युटाह राज्यस्थित आफ्नै घरमा गोली हानी हत्या गरेको हो । ती व्यक्तिको नाम
क्रेग रोबर्टसन रहेको प्रहरीलाई उघृत गर्दै एजेन्सीहरुले बताएका छन् ।
राष्ट्रपति बाइडेन युटाह राज्यको भ्रमणमा निस्कनुभन्दा केही घण्टाअघि ती व्यक्तिको हत्या भएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बाइडेनलाई धम्की दिँदै आएका थिए ।