
काठमाण्डु, १९ साउन- धनगढीस्थित एक होटलबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डडेलधुराको परशुराम नगरपालिका–१२ घर भएका १७ वर्षीय गोविन्द भट्टराई र कञ्चनपुर वेदकोटका ४८ वर्षीय बामदेव जोशी छन् । उनीहरुलाई धनगढीको बोराडाँडीस्थित न्यु रोहन होटलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
शुक्रबार दिउँसो २ बजे उनीहरुले होटलमा किनबेच गर्न लागिएको अवस्थामा चितुवाको छाला प्रहरीले बरामद गरिएको हो।उनीहरूले ३ लाख ५० हजार रुपैयाँमा चितुवाको छाला किनबेच गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।