पोखरामा क्यानोनिङ गर्ने क्रममा युवतीको मृत्यु, तीन पक्राउ

काठमाण्डु टुडे २०८० साउन ११ गते ८:२३ मा प्रकाशित

पोखरा, ११ साउन– कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ घलेलमा क्यानोनिङ गर्ने क्रममा एक युवतीको ज्यान गएको छ ।

क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको हो ।

कास्की प्रहरीका प्रमुख एसपी अजय केसीले लडेर घाइते भएकी उनको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । केसीले घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us