कारागारमा अनुुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीको आक्रमण

काठमाण्डु टुडे २०८० असार ९ गते १२:४७ मा प्रकाशित

काठमाण्डु ,९ असार- कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका छन् ।

कारागारमा मदिरा र लागुऔषधको कारोबार तथा सेवन हुने गरेको गुनासो बढ्दो भएपछीशनिबार दिउँसो कारागारमा अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीटोली कारागार गयका थीय।

इसरी हअनुगमनका लागस् गयका प्रहरीमाथि कैदीबन्दीहरुले आक्रमण गरेका हुन् ।कैदीबन्दीको आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक९असई० भूपेन्द्र सामन्त घाइते भएका छन् ।

उनको टाउकोमा चोट लागेको प्रहरी स्रोतले जनाएको छ । अनुगमनका क्रममा कैदीबन्दीले कारागारभित्र प्रयोग गर्दै आएका १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । बरामद गरिएको मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us