कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति लामाको निधन

काठमाण्डु टुडे २०८० असार ९ गते १२:२७ मा प्रकाशित

काठमाण्डु ,९ असार- नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ ।

सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । ब्ल्ड क्यान्सर पीडित थिए ।उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए ।

लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उमेदवार थिए। लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिनभर काठमाण्डु बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ।

लामाको दुई छोरा र चार छोरी छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us