बागमती नदीको बाढीमा फसेका ५ जनालाई सकुशल उद्धार

काठमाण्डु टुडे २०८० असार ९ गते १२:१९ मा प्रकाशित

काठमाण्डु ,९ असार- रौतहट स्थित बागमती नदीको बाढीमा फसेका ५ जनालाई संयुक्त सुरक्षा टोलीले सकुशल उद्धार गरेको छ।

गाउँबाट शुक्रबार साँझ भैँसी चराउन बागमती नदीको बगरमा गएका ५ जना गोठाला एक्कासि नदीमा बाढी आएपछि बगरमा फसेको थिए। सुरक्षा टोलीले गोठाला गएका ४ जना महिलासहित पाँच जनाको सुरक्षित उद्धार गरेको हो।

जिल्लाको राजदेवी नगरपालिका ३ चन्डिहा घटनाबारे प्रहरीलाई राति १० बजे खबर आउनासाथ तत्कालै प्रहरीको उद्धार टोलीले ३ जनालाई राति १२ बजे २ जनालाई आज बिहान उद्धार गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ।

उद्धार टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समेत सहभागिता रहेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us