
काठमाण्डु, ८ असार -बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने ६६ वर्षीया मायारानी थारु रहेकी छन। थारुलाई शुक्रबार बिहान आफ्नै घरको धारामा जोडेको मोटरबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।