सरकार सत्ता टिकाउने काममा लागि परेको छ:रवि लामिछाने

काठमाण्डु टुडे २०८० असार ८ गते १६:४३ मा प्रकाशित

काठमाण्डु, ८ असार- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन् ।

सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको उनले बताए।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै लामिछानेले प्रधानमन्त्री प्रचण्ड जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए ।

सरकार जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित रहनेभन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता–कता अलमलिएको हो कि रु भन्ने कुरा म सभामुख महोदयमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु।

नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही सदनमा हाम्रो दलको तर्फबाट विशेष समितिको माग गरेको थिए । कारण के थियो भने–जुन ढंगले यसको इन्भेष्टिगेशन भइरहेको थियो। त्यहाँ इन्भेष्टिगेशन गर्ने इन्टिच्यूटहरुको बारेमा प्रश्नहरु आए। अनेक कुराहरु आए। तर, त्यस विषयमा छानविन अगाडि बढन सकेन।

अहिले जुन ढंगले छानविन सकिएको त छैन। तर, जुन परिणामहरु आईरहेको छ। त्यसले हाम्रा प्रश्नहरुको उत्तर नै दिन सकेन। त्यसैले यो अगाडि बढने वातावरण देखिएन। सरकार अल्मलियो। सरकार गठबन्धन भित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो ।

सरकारमै सहभागी भएका दलहरुले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौं। यो चाँही मोर्चा बनाएको थाहा पायौं। मोर्चामा सरकारमै सहभागी दलहरु छन्। अब यो के हो ? बुझ्न जरुरी भयो। त्यही गठबन्धन भित्र भएको ठूलो दलको नेता देशमै नभएको बेलामा सरकार भित्रै सहभागी दलहरु मिलेर अर्को मोर्चा बनाउनु अनि यी महत्वपूर्ण विषयहरु ओझेलमा पर्नु यसलाई अलि ध्यानमा राख्नुपर्छ कि भनेर मैले आज यो विषयमा जोड दिए।

सरकार अल्मलिएको त भारत भ्रमणका पनि केही विषय थियो । हामीले केही प्रश्नहरु राखेका थियौं । ती पनि अनुत्ततरित भए। प्रधानमन्त्री धेरै कुरामा अल्झिनु भयो ।

गठबन्धन भित्र मिलाउने कुरामा, गठबन्धन भित्रै अझ केही तलमाथि पर्न लागेको हो कि भन्ने कुरामा प्रधानमन्त्रीको ध्यान गएको हो कि ?भारत भ्रमणलाई पनि एकदमै उपलब्धिमूलक भनियो।’ उनले भने

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us