सांसद सिंहको प्रश्न :के भैंसी चराउन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो ?

काठमाण्डु टुडे २०८० असार ८ गते १५:५० मा प्रकाशित

काठमाण्डु, ८ असार- प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल आवश्यक नभएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलका भाग लिँदै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको बताएका हुन।

सांसद सिंहले के भैंसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो रु भनि सरकारलाई प्रश्न समेत गरे ।‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ ।

किनकी निजगढ एयरपोर्ट यता दुई वटा इन्टरनेशनल एयरपोर्ट काम गर्न सकिरहेका छैन । अर्को निजगढ एयरपोर्टको आवश्यक्ता के ? खाली फाष्ट ट्रयाक जोडनका लागि एयरपोर्ट चाहिन्छ ? त्यो आवश्यक छैन’, उनले भने, ‘त्यसकारणले विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने ।

तर, त्यसमा सोही अनुसारको व्यवस्था नहुने । र, अहिले पनि बजारमा भनिएको छ कि निजगढ एयरपोर्ट बनाउने । के त्यहाँ भैंसी चराउनका लागि एयरपोर्ट बनाउने ? मधेशमा भैंसी धेरै पाउँछ ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us