शिक्षा अधिकृतलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाण्डु टुडे २०८० असार ८ गते १५:३३ मा प्रकाशित

दाङ, ८ असार- दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् ।

पक्रउपर्नेमा शान्तिनगर गाउँपालिका९२ का वडा अध्यक्ष सुनिल वली रहेका छन। उनले शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष लाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएका छन।

प्रहरीका अनुसार वडाध्यक्ष वलीले बिहीबार दिउँसो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिवाद हुदा शिक्षा अधिकृत पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेका थए।

उनी विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेपछि शुक्रबार पक्राउ गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us