
काठमाण्डु, ८ असार- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको बताएका छन ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन् । निजी क्षेत्रका विमान कम्पनीले १६ वटा जहाज उडाउँदा ११ सय कर्मचारीले भ्याउने गरेको तर निगमका ४ वटा जहाज उडाउन ३ हजार बढी कर्मचारी रहेको उनले बताए ।
‘एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप भएको थिएन,’ पूर्व पर्यटनमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘त्यसपछि सयौं कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन रु त्यसलाई सोमलियाकी आमा जस्तो बनाउने हो रु जुन आमाको दुध आउँदैन । आमाको दुध चुसिराख्ने रु त्यो आमाको रगत चुसे जस्तै हो ।
नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो । आज त्यस्तै भइरहेको छ ।’ग्राउण्ड ह्याण्डलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने उनले बताए ।
वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डलिङ भएको भन्दै हवाइ उडानबाट निगमलाई नाफा नभएको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अरु हुन नसक्ने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८५ लाख यात्रुहरुलाई सेवा दिइरहेको भन्दै विमानस्थलको क्षमता अधितम ९० लाख रहेको भट्टराईले बताए ।
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर गल्ती भएको भन्दै उनले विमास्थल चलाउन सरकारले पनि पहल गर्नु आवश्यक रहेको बताए । उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको पनि बताए