राष्ट्रपतिलाई नागरिकता विधेयकप्रमाणीकरण गर्न लगाउने मन्त्रिपरिषद्को सिफारिस फिर्ता लिनुपर्छ: सांसद सुवाल

काठमाण्डु टुडे २०८० असार ८ गते १४:२४ मा प्रकाशित

कठमाण्ठु ,८ असार -नेपाल मजदुर किसान (पार्टी नेमकिपा)का सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण लगाउने मन्त्रिपरिषद्को सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सुवालले तत्कालीन राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरेको सो विधेयक संवैधानिक र कानुनी हिसाबले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्न नमिल्ने भएकाले त्यसलाई तत्काल फिर्ता लिनुपर्ने बताएका थीय।

एनले विदेशीलाई नेपाली नागरिकता दिने बाटोमा सरकार अग्रसर भएको आरोप लगाय। नेपालीलाई नेपाली नागरिकता दिनुपर्छ । तर, विदेशीलाई दिनु हुँदैन ।

२०६३ सालयता सार्वजनिक सर्जिमन गराई विदेशीलाई जन्मको आधारमा दिइएको नेपाली नागरिकता खारेज गर्नुपर्छ । जन्मको आधारमा विदेशी नेपाली भएकाका छोराछोरीहरूलाई वंशजको आधारमा नेपाली नागरिकता दिनु उचित होइन । यो नेपाललाई सिक्किमजस्तै बनाउने हो । र, शासकहरू लेन्डुपजस्तै हुने बाटो हो ।

यो देशद्रोही बाटोबाट सरकार पछि हट्नु जरुरी छ’ उनले भने, ‘अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गर्नु भएको नागरिकता विधेयकलाई निर्वाचनपछि गठन भएको सरकारले नयाँ संसद्लाई छलेर मन्त्रिपरिषद्बाट पारित गराई नयाँ राष्ट्रपतिलाई प्रमाणीकरण गराउन अनुरोध गर्ने संवैधानिक र कानुनी व्यवस्था छैन । प्रधानमन्त्रीजीको त्यो अनुरोध फिर्ता हुन जरुरी छ ।

र, संसदमा नागरिकता विधेयक ल्याउन जरुरी छ ।’ सांसद सुवालले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us