पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

काठमाण्डु टुडे २०८० असार ८ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, ८ असार- राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी  पत्नी दिव्यश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।

उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनको, श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन् । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us