बजेटमा कर्णाली, सुदूरपश्चिम र मधेसलाई विशेष प्राथमिकता दिइएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० असार ८ गते १२:४७ मा प्रकाशित

काठमाण्डु, ८ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा शुक्रबार सांसदको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन। सांसद अमरेशकुमार सिंहले उठाएका प्रश्नको उत्तरदिँदै उनले भने ‘मानव विकासका सूचकांकमा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको कुरा पनि मस्पष्ट गर्न चाहन्छु ।

‘राज्यको सम्पूर्ण संरचनालाई समावेशी बनाउँदै, समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रयत्नशील पनि प्रतिबद्ध पनि छ।’
उनले उही अनुसार कानुनी, नीतिगत सुधारलाई निरन्तरता दिने कुरामा सरकार स्पष्ट रहेको पनि बताए।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us