
काठमाण्डु, ७ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता संवेदनशील विषय भएकाले त्यसमा मुलुक विभाजित हुन नहुने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा शुक्रबार उनले नागरिकतामा मुलुक र संसद विभाजित हुन नहुने स्पष्ट गरे ।
हाल प्रमुख प्रतिपक्षमा रहेको एमाले सरकारमा हुँदा र अहिले जारी भएको अध्यादेशमा उल्लेख नागरिकतासम्बन्धी प्रावधान एकै भएको बताए ।
‘नागरिकताजस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमतिका आधारा अघि बढ्नुपर्छ’, उनले भने, ‘अहिले प्रतिपक्षमा हरेका दलका नेताहरु पनि हिजो सत्ता पक्षमा हुँदा अहिलेकै नागरिकता अध्यादेशको प्रावधानको पक्षमा हुनुहुन्थ्यो । नागरिकताजस्तो विषयमा देश विभाजित नहोस् । संसद विभाजित नहोस्’, उनले भने ।