ओखलढुंगाका पहिरो पीडितलाई राहत र पुनर्स्थापना गर्न सरकारसँग माग

काठमाण्डु टुडे २०८० असार ८ गते १२:१५ मा प्रकाशित

काठमाण्डु ,८ असार- सांसद रामहरि खतिवडाले ओखलढुंगाको चम्पादेवी–८ विलन्दुमा गएको पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाग लीदै सांसद खतिवडाले ‘हिजो राति अविरल बर्षाका कारण बिलन्दुमा गएको पहिरोका बारण गाउँ नै विस्थापित हुनुपर्ने अवस्था आएको बताए ।

‘हिजो राति अविरल बर्षाका कारण ओखलढुंगाको चम्पादेवी ८ विलन्दुस्थित थामखर्कडाँडामा पहिरो जाँदा एकै घरका रणबहादुर गुरुङ, शिवमाया गुरुङ, छोरा दिनेश गुरुङ र छोरी कृतिमा गुरुङको मृत्यु भएको छ’, सांसद खतिवडाले भने, ‘त्यहाँ धेरै खेतवारी नष्ट भएको र गाईवस्तु बगाएको छ ।

गाउँ नै विस्थापित हुन लागेकोलाई बसोबासको व्यवस्था गर्न म सरकारसँग आग्रह गर्छु । उनले विस्थापितहरुलाई पुनर्स्थापना र राहतको अविलम्ब व्यवस्था गर्न सभामुखमार्फत गृहमन्त्रीको ध्यनाकर्षण गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us