
काठमाण्डु, ७ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग छिट्टै विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा शुक्रबार सांसदको प्रश्नको जवाफ दिँदै उनले आफ्नो भारत भ्रमणका क्रममा प्रारम्भिक सम्झौता भएको र अब छिट्टै विस्तृत सम्झौता हुने बताए ।
नेपालमा उत्पादित विद्युत भारत निर्यात गरी व्यापार घाटा सन्तुलन गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो ।
सरकारी र निजी क्षेत्रको लगानीमा उत्पादित विद्युत आन्तरिक खपतबाट बढी भएपछि भारत निर्यात गरिने जानकारी उनले दिए । प्रधनमन्त्रीको भारत भ्रमणका क्रममा भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रतिबद्धता जनाएको थियो ।