
झापा, ८ असार– ओखलढुंगामा वर्षासँगै गएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
चम्पादेवी गाउँपालिका–८ मा गएराति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया र १८ महिनाकी छोरी कृतिकाको मृत्यु भएको हो ।
ओखलढुंगा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले १० वर्षीय १० वर्षीय दिनेश गुरुङ बेपत्ता रहेको र उनको उनको खोजी जारी रेको बताए । पहिरोले स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घरसमेत बगाएको छ ।
घरमा रहेकाहरुले भागेर ज्यान बचाएका थिए । घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार जारी राखेका छन् ।