
झापा, ८ असार– झापाको गौरादह–२ मा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् ।
घरमा श्रीमती हुँदाहुँदै दोश्रो विवाह गर्न लागेका बेला सुनसरीको इटहरी उपमहानगरपालिका–१ का साजनकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
झापा प्रहरीका नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले चोधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरिएको जानकारी दिए । जेठी श्रीमतीले दिएको उजुरीका आधारमा चौधरीलाई पक्राउ गरिएको उनले बताए ।
प्रहरीले बेहुलीका परिवारलाई चौधरी विवाहित हुन् भन्नेबारे जानकारी भए/नभएको बारे खोजबिन भइरहेको जनाएको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।