मनकामनामा जन्ती सवार जिप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०८० असार ८ गते ७:०२ मा प्रकाशित

गोरखा, ८ असार– गोरखाको मनकामनामा जन्ती सवार जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अरु १२ जना घाइते भएका छन् । कोटगाउँबाट जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको बोलेरो जीप शहीद लखन गाउँपालिका–३ सिलिङमा शुक्रबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

बिहान करिब तीन बजसेको समयमा जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us