नेपाल एयरलाइन्सका दुई पाइलट ग्राउण्डेड

काठमाण्डु टुडे २०८० असार ७ गते १८:३२ मा प्रकाशित

काठमाण्डु ,७ असार- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई ग्राउण्डेड गरेको छ ।

प्राधिकरणले १५ जुनमा जापानको नारिता विमानस्थलमा जहाज ‘ओभरस्पिड’मा अवतरण गराउन खोजेका नेपाल एयरलाइन्सको दुई पाइलटलाई ग्राउण्डेड गरेको हो।

उनीहरुले जहाज ‘ओभरस्पिड’मा अवतरण गराउन खोजेकोर सो क्रममा जहाज ओभरसुट गर्नु परेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

यसबारे नेपाल एयरलाइन्सले नै छानविन गरी एक प्रतिवेदन प्राधिकरणमा बुझाएको थियो । त्यसपछि प्राधिकरणले घटनाबारे छानविन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउने गरी ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।समितिले प्रतिवेदन नदिएसम्म उनीहरुले जहाज उडाउन पाउने छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us