यथास्थितिमा बजेट पारित हुन नदिने नेकपा एसको निर्णय

काठमाण्डु टुडे २०८० असार ७ गते १८:२१ मा प्रकाशित

काठमाण्डु, ७ असार- नेकपा एसले यथास्थितिमा बजेट पारित हुन नदिने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको  संसदीय दलको बैठकले पार्टी अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय गरेको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बताए ।

पाण्डेले सत्ता गठबन्धनका सबै नेतासँग बसेर बजेटबारे छलफल गर्न बैठकले माधव नेपाललाई सुझाव दिएको बताए । असन्तुलित भएको ठाउँमा सन्तुलित गरेर मात्रै बजेट पारित गर्न सकिने उनले बताए ।

बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको साथै नेकपा एसले सम्हालेको मन्त्रालयमाथि विभेद गरिएको भन्दै पार्टीका नेता र सांसदले तीव्र असन्तुष्टि पोख्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us