
काठमाण्डु, ७ असार- राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहको कदमको स्वागत गरेका छन।
बिहीबार काठमाण्डुको फिल्म हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले आदेश पछि मेयर शाहाले अदालतको आदेश नमान्ने अडान लिएपछि थापाले बालेनको मुटु ठिक ठाउँमा रहेको बताए ।
उनले सामाजीक स१जाल फेशबुकमा लेखेका छन्, ‘कार्यशैली र अभिव्यक्ति विवादास्पद होलान्।तर,काठमाण्डुका मेयर बालेन साहको मुटु ठिक ठाउँमा छ । केही अपवाद बाहेक छोटो समयमा बालेनले गरेका र गर्न खोजेका कार्य सराहनीय छन् ।’
उनले भारतीय चलचित्र आदिपुरुषका संवाद लेखक मुंतशीरको अभिव्यक्ति आपत्तिजनक रहेको समेत बताएका छन।