उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डु टुडे २०८० असार ७ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, ७ असार- त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको नाममा यस सम्बन्धमा कारण देखाउन आदेश समेत जारी गरेको छ ।

आफूमाथि कुटपिट गरी ज्यान मार्न खोज्नेविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने बुधवार सर्वोच्च पुगेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us