उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै बालेन उच्च अदालत पुगे

काठमाण्डु टुडे २०८० असार ७ गते १५:४९ मा प्रकाशित

काठमाण्डु, ७ असार- नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित स्पष्टीकरण सोधेपछी काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह उच्च अदालत पाटन पुगेका छन्।

त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै मेयर शाहा अदालत पुगेका हुन।

काठमाण्डुको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाण्डु महानगरले ३२ जेठमा काम रोकेको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार काटेको थियो जस्कारण नागरिक उड्डयन प्राधिकरणले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न लिखित पत्रचार गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको तारबार काटिएको घटनामा महानगर प्रमुख बालेनसहित ३ जनालाई किन ऐनअनुसार कारबाही नगर्ने भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us