
काठमाण्डु,७ असार- धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतो रहेकी छन। उनलाइ घरमै सुतिरहेको बेलामा बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेकोपारीवारीक स्रोतले बताएको छ।
अभिभावकले तत्कालै उपचारको लागि सिरहाको बन्दीपुर सर्पदंश उपचारका केन्द्रमा पुर्याकएका थिए ।तर त्यहाँ उपचार सम्भव नभएपछि सिरहाकै फुलकुमारी मेमेरियल हस्पिटलमा लगिएको थियो । तर बालिकाको ज्यान जोगिन नसकेको परिवारका सदस्यले जानकारी दिएका छन् ।