अनिल शाह बने रास्वपाको प्रशिक्षण विभाग प्रमुख

काठमाण्डु टुडे २०८० असार ७ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, ७ असार– बैंकर्स अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रशिक्षण विभाग प्रमुख नियुक्त भएका छन् ।

मेगा र नबील बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) भएर काम गरेका शाह केही दिनअघि रास्वपा प्रवेश गरेका थिए ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us