
काठमाण्डु, २७ जेठ– कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ गोबरियाका ३५ वर्षीय भुवनराज भट्ट रहेका छन ।
भट्टको शुक्रबार साँझ नहरमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नहरमा पानी लगाउन भन्दै घरबाट गएका भट्ट अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भट्टलाई नहरमै पानीमा डुबेको अवस्थामा मृत भेटेको प्रहरीले बताएको छ । उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।