धनुषामा प्रहरीको हिरासत कक्षबाट फरार रहेका थप एक थुनुवा पक्राउ

काठमाण्डु टुडे २०८० जेठ २७ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा पक्राउ परेका छन । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका९२ रमदैयाका २५ वर्षीय रोशन यादव रहेको प्रहरीले बताएको छ ।

उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन ।

उनी शान्ति विरुद्धको अपराध मुद्दा शिर्षकमा पक्राउ परी थुनामा थिए । माघ १५ गते राति हिरासत फोडेर यादवसहित ६ थुनुवा फरार भएका थिए ।

जसमध्ये पाँचजनालाई यसअघि नै प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिसकेको र उनाई पनि पक्राउ गरीएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us