सांसद सोभिता गौतमले डिलिट गरिन् आफनो ट्वीटर अकाउन्ट

काठमाण्डु टुडे २०८० जेठ २७ गते १६:११ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– प्रतिनिधि सभा सदस्य सोभिता गौतमले सामाजिक प्लेटफर्म ट्वीटर छाडेकी छिन् । हालै मात्रै वैवाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आएपछि टवीटर डिलिट गरेको बताएकी छन ।

उनले एउटा पोडकास्ट अन्तरवार्तामा भावुक हुदैँ भनेकी छिन, ‘पछिल्लो समय त्यो नकारात्मक न्युजहरु आइसके पछाडि मैले ट्वीटर डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ ‘ट्वीटर धेरै सकरात्मक कुरा भएपनि ट्वीटर कहिलेकाँही टक्सिट नै हुन्छ, अटयाक सबालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपरयो भने बौद्धिक मान्छेहरुले ट्वीटर प्रयोग गर्छन् ।’

उनले विवाह गरेर जापान गएपछि आफनो ब्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाए पछि आफु दुःखित भएको पनि बताएकी छन ।

आफुसँग एक पटक पनि नसोधी आफनो ब्यक्तिगत जीवनमा नकारात्मक कुराहरु फैलाउने मिडियालाई नोटिस गरेको पनि बताएकी छन ।

उनले भनिन्, ‘म जापान हुँदा मेरो बुबाले भन्नुभयो कि तेरो यति धेरै कुरा आएको छ तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ रु’ उनले भावुक हुँदैँ भनिन, ‘यो देशमा कानुन छ, गर्नुपर्छ दयाटस इट ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us