जसपाको कार्यकारिणी समितिको बैठक जारी

काठमाण्डु टुडे २०८० जेठ २७ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– जनता समाजवादी पार्टी जसपाको कार्यकारिणी समितिको बैठक जारी छ । बालकुमारीस्थित पार्टी कार्यालयमा जारी बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन,समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले जानकारी दिएका छन ।

जसपाको १० असारदेखि काठमाण्डुमा विधान अधिवेशन सुरु हुने भएको छ । जसपा अन्तरिम संविधानका आधारमा चलिरहेको छ । त्यही भएर विधान अधिवेशन गर्न लागिएको हो ।

विधानलाई समय सान्दर्भिक बनाउँदै पार्टीको महाधिवेशन पनि गराउने निर्णय पनि विधान अधिवेशनमा हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us