
काठमाण्डु, २७ जेठ– सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन भएका छन । उनी पाँच दिनदेखि कसैको सम्पर्कमा नरहेको सुर्खेत उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ । भण्डारी चढ्ने गाडी चिसापानीमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीका निरीक्षक टेकराज जोराले जानकारी दिएका छन ।
भण्डारीले प्रयोग गर्ने बा१८च ९८७५ नम्बरको गाडी लम्किचुवा नगरपालिकाको कर्णाली चिसापानीस्थित एक होटलमा पार्किङमा भेटिएको हो । गाडीमा मोवाइल पनि भेटिएको उनले बताएका छन ।
उनले भने, ‘मोवाइल गाडिभित्रै कपडाले बेरेर राख्नु भएको रहेछ । चाबी पनि गाडीको डिकिमै भेटियो, उहाँ गाडीबाट निक्लियर गएको सीसीटिभीमा देखिन्छ ।
अहिलेसम्म उहाँको अवस्था अज्ञात नै छ, हामीले उहाँको हुलिया सार्वजनिक गरेर खोजीका लागि सबै ठाउँमा खबर गरेका छौँ।’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले महासचिव भण्डारी सम्पर्कविहीन हुनुको कारण खुल्न नसकेको जानकारी दिएका छन ।
भण्डारीको खोजीका लागि अध्यक्ष कँडेल पनि कैलाली पुगेमा पुगेका छन । भण्डारी जेठ २२ गते टीकापुर गएर बसेको र २३ गतेदेखि सम्पर्कविहीन भएको कँडेलले जानकारी दिएका छन ।