महाकाली किनारमा एक पुरूषको शव फेला

काठमाण्डु टुडे २०८० जेठ २७ गते १३:०८ मा प्रकाशित

बैतडी, २७ जेठ– बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव भेटिएको छ । शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन । प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घट्नास्थलतर्फ गएको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us