विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: चौधरी

काठमाण्डु टुडे २०८० जेठ २७ गते १२:२३ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य विनोद चौधरीले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका छन ।

नवलपरासीको बर्दघाट नगरपालिकाको नगर सभालाई सम्बोधन गर्दै कांग्रेस नेता चौधरीले यस्तो बताएका हुन । उनले विकासलाई राजनीतिक रङ्ग दिन नहुने भन्दै गुण र दोषका आधारमा आफूले हेर्ने गरेको बताएका छन ।

नेता चौधरीले विकास निर्माणका क्रममा आफूले राजनीतिक दलहरूलाई समान नजरले हेर्ने गरेको बताएका छन । उनले भने, ‘मेरो आँखाका अगाडि विकासको कुरा गर्दा सबै समान छन् ।

यो दल, त्यो दल भन्दिन, ‘विकासका योजनालाई गुण र दोषका आधारमा मात्रै देख्छौँ । त्यसका बारेमा हामी लागिरहेका छौँ र लागिरहनेछौँ ।’

नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले आफूले क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय गरिरहेको बताएका छन । उनले नवलपरासी १ का सबै पालिकाको समान विकासमा आफ्नो जोड रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us