
दाङ, २७ जेठ– दाङको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन ।
हिजो (शुक्रबार) मध्याह्न घर नजिकै करिब ५स्३० बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरीले जानकारी दिएका छन ।
मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।